दफा २७
मेडिकल योग्यता सम्बन्धी उपाधि प्रयोग गरेमा सजाय
(१) कुनै व्यक्तिले आधुनिक औषधि सम्बन्धी चिकित्साको काम गर्ने हेतुले आफूले नपाएको आधुनिक औषधि सम्बन्धी डिग्री, डिप्लोमा, सर्टिफिकेट, लाइसेन्स वा उपाधि आफ्नो नामसँग जोडी लेख्न वा लेख्न लगाउन हुँदैन ।
(२) कसैले उपदफा (१) को बर्खिलाप कसूर गरेको ठहरेमा निजलाई तीन वर्षसम्म कैद वा तीन हजार रुपैयाँसम्म जरिवाना वा दुवै सजाय हुनेछ ।